FAQs Complain Problems

साल्पासिलिछो गाउँपालिका

प्रदेश न. १ मा रहेको भोजपुर जिल्ला को सात वटा गाउँपालिका मध्हे साल्पासिलिछो गाउँपालिका पनि एउटा हो । नेपाल सरकारको  निणर््ायानुशार देशभरी गठन भएका ४६० गाउँपालिका मध्ये एक गाउँपालिका हो । यस क्षेत्रमा जम्मा ६ वटा वडा छन् । कुलुंग १,२ चौकीडाडा ३,खाटमा ४ र दोभाने ५,६ समायोजन भै साल्पासिलिछो गाउँपालिका बनाईएको हो । जिल्लाको सदरमुकाम भोजपुर  देखि  टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस  गाउँपालिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप :

भोजपुर जिल्ला को उत्तरी भागमा रहेको १९३ वर्ग किमि. क्षेत्रफलमा फैलिएको साल्पासिलिछो गाउँपालिका अन्तरगत १३,१११ जनसख्या रहेको छ । यस  गाउँपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो पहाड  रहेको छ । यस  गाउँपालिकाको दक्षिणपूर्वमा सडानन्द नगरपालिका, पश्चिममा खोटांग जिल्ला पूर्वमा संखुवासभा जिल्ला उतरमा सोलुखुम्बु जिल्ला  रहेको छ । यस क्षेत्र मा पुरुष को संख्या ६,२६५ छ भने महिला को ६,८४६ रहेको छ ।

प्रशासकीय एवं राजनीतिक विभाजन:

  • ( भोजपुर जिल्ला ) 1 न प्रदेश
  • अञ्चल : कोशी
  • जिल्ला सदरमुकाम : भोजपुर
  • के‍.निर्वाचन क्षेत्र : 1
  • क्षेत्रफल : १९३ वर्ग किमि
  • जनसख्या : १३,१११  जना