साल्पासिलिछो गाउँपालिका
प्रदेश न. १ मा रहेको भोजपुर जिल्ला को सात वटा गाउँपालिका मध्हे साल्पासिलिछो गाउँपालिका पनि एउटा हो । नेपाल सरकारको निणर््ायानुशार देशभरी गठन भएका ४६० गाउँपालिका मध्ये एक गाउँपालिका हो । यस क्षेत्रमा जम्मा ६ वटा वडा छन् । कुलुंग १,२ चौकीडाडा ३,खाटमा ४ र दोभाने ५,६ समायोजन भै साल्पासिलिछो गाउँपालिका बनाईएको हो । जिल्लाको सदरमुकाम भोजपुर देखि टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस गाउँपालिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।
क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप :
भोजपुर जिल्ला को उत्तरी भागमा रहेको १९३ वर्ग किमि. क्षेत्रफलमा फैलिएको साल्पासिलिछो गाउँपालिका अन्तरगत १३,१११ जनसख्या रहेको छ । यस गाउँपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो पहाड रहेको छ । यस गाउँपालिकाको दक्षिणपूर्वमा सडानन्द नगरपालिका, पश्चिममा खोटांग जिल्ला पूर्वमा संखुवासभा जिल्ला उतरमा सोलुखुम्बु जिल्ला रहेको छ । यस क्षेत्र मा पुरुष को संख्या ६,२६५ छ भने महिला को ६,८४६ रहेको छ ।
प्रशासकीय एवं राजनीतिक विभाजन:
- ( भोजपुर जिल्ला ) 1 न प्रदेश
- अञ्चल : कोशी
- जिल्ला सदरमुकाम : भोजपुर
- के.निर्वाचन क्षेत्र : 1
- क्षेत्रफल : १९३ वर्ग किमि
- जनसख्या : १३,१११ जना